0
Shares
काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको न्यूनतम मूल्य सार्बजिनक गरेको छ। आज शुक्रबार रातो आलु २८ रुपैयाँ प्रतिकेजी, नेपाली गोलभेँडा ठुलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ । यसैगरी नेपाली सुन्तला १६० रुपैयाँ, कालो अङ्गुर र अनार २५० रुपैयाँ प्रतिकेजी रहेको छ । साथै, हरियो अङ्गुर १५०, अम्बा १००, आभोकाडो ४००, किवी ३०० प्रतिकेजी र केरा १४० रुपैयाँ दर्जन रहेको छ ।
यस्तै कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३५० रुपैयाँ रहेको छ । यता, ब्रोकाउली ३० रुपैयाँ, काउली स्थानीय ज्यापु २५ रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, रायोको साग ४०, तोरी साग ३० रुपैयाँ, रातो मुला ५० रुपैयाँ रहेको छ ।