नक्कली कागजात बनाउने कार्यमा संलग्न एक जना पक्राउ

0 Shares

काठमाडौँ – नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुमको म्याङ्लुङ नगरपालिका वडा नम्बर १ घर भई हाल काठमाडौँको माछापोखरी बस्ने ३४ वर्षीय सोनाम नेपाल रहेका छन् । बालाजुको बसन्तनगरस्थित उनले सञ्चालन गरेको युनाइटेड इन्टरप्राइजेज एण्ड ट्रेनिङ सेन्टरमा सरकारी जागिरमा आबद्ध रहेको व्यक्तिको शैक्षिक प्रमाण पत्र तथा विभिन्न तालिमहरूका नक्कली प्रमाण पत्र बनाउने गरेको भन्ने सूचनाको आधारमा प्रहरी खानतलासीका लागि पुगेको थियो ।

सो क्रममा विभिन्न संघ संस्थाका लेटर प्याडहरू र छापहरू फेला पारी बरामद गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दियो ।  पक्राउ परेका व्यक्तिउपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद अन्तर्गतको लिखत सम्बन्धी कसुरको (किर्ते गर्न नहुने) कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारसबै