डा.जयकान्त राउत राष्ट्रिय योजना आयोग सदस्यमा नियुक्त

0 Shares

काठमाडौँ –  जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आफ्नो दाइ डा.जयकान्त राउतलाई राष्ट्रिय योजना आयोगको सदस्य बनाएका छन् ।  अध्यक्ष राउतले पार्टीबाट उनको सिफारिस गरेपछि बुधवार प्रधानमन्त्री प्रचण्डले उनलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का वरिष्ठ कृषि वैज्ञानिक समेत रहेका उनले २०७९ को आम चुनावताका पदबाट राजीनामा दिएका थिए ।

डा.जयकान्त राउत प्रतिनिधिसभाको चुनावमा सप्तरी–२ बाट निर्वाचन लडेका थिए । तर उनलाई जनता समाजवादी पार्टीका नवकिशोर साहले चुनाव हराएका थिए । नवलकिशोर साहले २३ हजार ६०४ मत ल्याएका थिए भने जयकान्त १९ हजार ९९६ मत ल्याएर पराजित भएका थिए । चुनावमा पराजित आफ्नै दाइलाई योजना आयोगमा सिफारिस गरेपछि पार्टीभित्र र बाहिर आलोचना सुरु भएको छ । यसअघि पनि अध्यक्ष सिके राउतले आफन्त बबिता राउतलाई समानुपातिक प्रणालीबाट मधेस प्रदेश सभामा ल्याएका थिए । उनी अहिले उपसभामुख छिन् । अध्यक्ष राउतको यो कदमको पनि चर्को आलोचना भएको थियो ।

सम्बन्धित समाचारसबै