नीर शाहले दिए चलचित्र विकास बोर्डको सल्लाहकार संयोजकबाट राजीनामा

0 Shares

काठमाडौं – चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट संयोजक नीर शाहसहित दुई सदस्यले राजीनामा दिएका छन् । बोर्डका सदस्य सचिव तथा संचार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टंकबहादुर महतका अनुसार बुधबार बेलुका शाह र सदस्य सुशान्तकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।

अर्का सदस्य तथा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको राजीनामा आएको साता नबित्दै संयोजक समेत रहेका शाहको राजीनामा आएको हो । अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेका थिए । शाहले  कार्यव्यस्तताको कारण आफूले राजीनामा दिएको बताए साथै समितिमा धेरै मान्छे राखेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

सम्बन्धित समाचारसबै