१२ लाख बढी चोरी गर्ने २० वर्षीय भारतीय नागरिक पक्राउ

0 Shares

वीरगन्ज : वीरगन्जमा घरको ताल्चा फुटाएर १२ लाखभन्दा बढिको धनमाल चोरी गर्ने व्यक्ती  पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारको सितामढी जिल्ला सुगौली घर भई हाल वीरगन्ज १३ मा डेरा गरी बस्दै आएका २० वर्षीय राजु आलम भन्ने फैयाज आलम रहेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नबर १२ का ५५ वर्षीय कपिलप्रसाद रौनियार माघ ७ गते कामको सिलसिलामा काठमाडौं गएका थिए । त्यही दिन उनको दुई तल्ले घरमा कोही नभएको मौका छोपी घरको मूलढोकाको ताल्चा फुटाइ घरमा प्रवेश गरी घरमा रहेको नगद १ लाख तथा ११ लाख १० हजार मुल्यका गरगहना र कम्प्युटर गरी १२ लाख १० हजार  बराबरको धनमाल चोरी भएको थियो ।

घरमा भएको चोरीको घटना बारे घरधनी रौनियारले प्रहरीमा उजुरी गरेपछि वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक डिल्लीराज सापकोटा नेतृत्वको टोलीले चोरीमा संलग्न भारतीय युवक आलमलाई गत सोमबार वीरगन्ज १३ बाट पक्राउ गरेको हो । आलमको डेरा खानतलाशी गर्दा रौनियारको घरबाट चोरी भएको सामानमध्ये कम्प्युटर २ थान, क्यामेरा १ थान, घडी १ थान र केही गरगहना फेला परेको छ।

पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनीविरुद्द चोरी सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भैरहेको गिरीले जानकारी दिए ।

सम्बन्धित समाचारसबै