0
Shares
सुर्खेत – कर्णाली प्रदेश सरकारले फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
तत्कालीन नेकपा माओवादीले फागुन १ गतेदेखि नै दीर्घकालीन जनयुद्धमा जाने घोषणा गरेको थियो । सोही पार्टी २०६२/०६३ सालको जनआन्दोलनपछि शान्तिपूर्ण मूलधारको राजनीतिमा आएको थियो । त्यसै दिनलाई सम्झेर माओवादीले हरेक फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ ।