चर्को विरोधपछि विद्युत प्राधिकरणले सच्यायो चार्जिङ स्टेसनको डिमान्ड शुल्क

0 Shares

काठमाडौँ – विद्युत प्राधिकरणले लिने डिमान्ड शुल्कको चर्को विरोधपछि प्राधिकरणले सुन्दर यातायात प्रा. लि. लाई लगाएको शुल्क एउटा हुनुपर्नेमा अन्यथा भएको भन्दै पत्र पठाएको छ । सुन्दर यातायात प्रालिलाई पत्र लेख्दै प्राधिकरणले एउटा मूल्य हुनुपर्नेमा अन्यथा भएको स्वीकारेको हो ।

“त्यहाँ जडान रहेको विद्युतीय चार्जिङ स्टेसन सम्बन्धी मिटरको महसुल दर सम्बन्धमा २०७९/माघ महिनाको बिलमा एलटी चार्जिङ स्टेसन (डिमान्ड रू २०० प्रति किलोभोल्ट एम्पियर र युनिट ५.७५ रपैयाँ प्रतिकिलो वाट आवर) (LT-CHARGING STATION (Demand Rs 200/kVA र Unit Rs 5.75/kWhr)) हुनुपर्नेमा अन्यथा भएकाले आवश्यक संशोधन गरि यसै पत्रसाथ संलग्न गरि पठाईएको व्यहोरा जानकारी गराइन्छ,” प्राधिकरणले पठाएको पत्रमा लेखिएको छ ।

साथै प्राधिकरणले सुन्दर यातायातबाट डिमान्ड शुल्क नलाग्ने महशुल दर कायम गरिदिनको लागि गरेको अनुरोध सम्बन्धमा आवश्यक कारबाही भइरहेको जानकारी दिएको छ । यो विषयलाई विरोध गर्दै सोमबार सुन्दर यातायातले विद्युतीय चार्जिङ स्टेसन र विद्युतीय बस पनि बन्द गरेको थियो ।

 

सम्बन्धित समाचारसबै