0
Shares
काठमाडौं – काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मैतीदेवीचोकस्थित प्रहरी विटमा डोजर चलाएको छ । प्रहरीले विटमा रहेका सामान सारेर महानगरपालिकाको डोजरले प्रहरी विट भत्काएको छ । मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरीको विट निर्माण भएको थियो । विट अर्को ठाउँमा व्यवस्थापन गरेर मैतीदेवी चोकमा रहेको प्रहरी विट हटाउकाे हाे।
महानगर प्रहरी प्रमुख राजु पाण्डेले भने ‘ प्रहरी शान्ति सुरक्षाको लागि हो त्यसैले प्रहरी विट हटाउने उद्देश्य त होइन, तर सार्वजनिक सडक पेटीहरुमा रहेका प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर हटाउन लागेका छौं, नेपाल प्रहरी हाम्रो सहकार्यमा नै व्यवस्थापन गर्न लागेका हौं ।’