0
Shares
खोटाङ – चरनमा छाडिएको हल गोरु खुट्टा काटिएको अवस्थामा भेटिएकाे छ। खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे फोक्सिङटारका सुर्य माझीको हल गोरुको खुट्टा काटिएको हो । धारिलो हतियार प्रयोग गरेर खुट्टा काटिएका गोरु हिँड्न नसक्ने अवस्थामा फेला परेको छ।
पहाडी क्षेत्रमा हिँउदको समयमा गाईवस्तु चरिचरनका लागि खुला छाड्ने प्रचलन छ । माझीले चरनमा छाडेको गोरु खुट्टाका विभिन्न ठाउँमा काटिएको घाइते अवस्थामा फेला परेको हो । तरकारी बाली खाइदिएपछि स्थानीयले गोरुलाई धारिलो हतियार प्रहार गरेर घाइते बनाएको अनुमान गरिएको छ । घटनाको बाुरेमा अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।