रामोजी स्टुडियोबाट ‘ह्रस्व दीर्घ’ को छायांकन सुरू

0 Shares

काठमाडाैं– अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’ को छायांकन सुरू भएको छ।  सोमबार पूजा गर्दै भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट छायांकन सुरू गरिएकाे हो। अभिनेत्री नीताले फेसबुकमा एक भिडिओ पोस्ट गर्दै उक्त जानकारी दिएकी हुन्।

‘लामो समयदेखि ह्रस्व दीर्घको छायांकन कहिले हुन्छ भन्ने प्रश्न आइरहेको थियो। हामीले रामोजी स्टुडियोबाट फिल्मको छायांकन सुरू गरेका छौं। कथाको मागअनुसार हामीले फिल्ममा धेरै कलाकार राखेका छौं। तपाईंहरूले रूचाउनु भएको कलाकार फिल्ममा हुनुहुन्छ। हैदराबादको रामोजी स्टुडियोमा फिल्मको छायांकन गर्न पाउनु हाम्रो लागि ठूलो कुरा हो। आशा छ फिल्मले दर्शकको साथ पाउँछ,’ उनले भनिन्।

चन्द्र पन्तको निर्देशन रहने फिल्ममा नीता र हरिहरसँगै सरोज खनाल, विपना थापा भारतीय कलाकारहरू ब्रह्मानन्दम, सुनिल वर्मा, प्रदीपराज रावत र अलीलगायतको अभिनय रहनेछ। फिल्मलाई भारतीय छायांकार कवीरलालले खिच्नेछन्।  नेपाली र हिन्दी भाषामा एकसाथ निर्माण हुने फिल्म नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा छायांकन हुनेछ।

सम्बन्धित समाचारसबै