निर्देशन पालना भए/नभएको बुझ्न पुनः पर्यटनमन्त्री सुदन किरातीले गरे त्रिवि विमानस्थल निरीक्षण

0 Shares

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गरेका छन्। गत ५ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुगमनमा निस्किएका उनले त्यतिबेला दिइएका निर्देशन पालना भए/नभएको बुझ्न शनिबार पुनः निरीक्षण गरेका हुन्।

मन्त्री किरातीले ५ माघमा विमानस्थल अनुगमन गर्दै शौचालय सफा राख्न, आगमन तथा प्रस्थान कक्षलाई व्यवस्थित एवं सुरक्षित राख्न निर्देशन  दिएका थिए। निर्देशन पालना भए/नभएको बुझ्न पुनः विमानस्थल अवलोकनमा आएको मन्त्री किरातीले बताए।

सम्बन्धित समाचारसबै