एमाले प्रवेशलगत्तै सांसद चौधरी भए राज्यमन्त्री, मधेस प्रदेश सरकारले पायो ४ मन्त्री

0 Shares

रौतहट – पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेलगत्तै प्रदेश सांसद केशव राय चौधरीले  राज्यमन्त्री भएका छन् ।

रौतहट क्षेत्र ३ क बाट गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रभु साहको टिमबाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद चौधरी शुक्रबार जनकपुर स्थित एक समारोहबीच एमालेमा प्रवेश गरे लगत्तै राज्यमन्त्री  पाएका हुन् । उनीसँगै मधेस प्रदेश सरकारमा रौतहटका ४ जना प्रदेश सांसद मन्त्री बनेका छन् ।

दुई जनाले क्याबिनेट मन्त्री तथा दुई जनाले राज्यमन्त्रीको जिम्मेवारी पाएका हुन्। मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको सिफारिसमा शुक्रबार मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले गृह तथा सञ्चार राज्यमन्त्रीमा केशव राय चौधरी, सामाजिक विकास राज्यमन्त्री शेख अबुलकलाम आजाद (फुलबाबु), महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री महमद जैद आलमलाई शपथग्रहण गराएका थिए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुमार कुश्वाहाले यस अघि नै शपथग्रहण गरिसकेका छन् । उनीहरू चारै जना रौतहटका हुन् । देशमा सङ्घीयता लागू भएपछि पहिलोपटक मधेस प्रदेश सरकारमा रौतहटले एकै पटक ४ मन्त्री पाएको  छ ।

सम्बन्धित समाचारसबै