बिहीबार भीरमा अड्किएका गौतमको सकुशल उद्दार

0 Shares

पर्वत :पर्वतको कुश्मा नगरपालिका -५ स्थित बडागाउँको भीरमा अड्किएका एकजना व्यक्तिको उद्दार भएको छ।  सशस्त्र प्रहरीले २४ घन्टापछि सकुशल उद्दार गरेको सशस्त्र प्रहरी निरीक्षक केशव शर्माले जानकारी दिए।

कुश्मा नगरपालिका ७ दुर्लुङ्गचोक बस्ने ५३ वर्षीय गौतम गिरी हिँड्ने क्रममा बिहीबार भीरमा खसेका थिए । लगत्तै स्थानीयले सशस्त्र प्रहरीलाई खबर गरेका थिए।

उनलाई रोप रेस्क्यु विधिबाट उद्दार गरेको हो। उद्दारपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल पर्वत पठाएको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ ।

सम्बन्धित समाचारसबै