काठमाडौं–आर.के इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपाल मार्फत वर्षेनि देशको प्रतिनिधित्व गराउँदै विभिन्न देशका फरक फरक टाइटल मार्फत आफ्नो देशलाई चिनाउन आफ्ना प्रतिष्पर्धीहरु तयार पार्दै आएको छ । यसपटक पनि सयौंबाट छानिएर आएका १६ जनाबीच तिव्र प्रतिस्पर्धा देखिएको छ ।
यसैक्रममा ओखलढुंगा सिद्दिचरण नगरपालिका कि लक्ष्मी धमला पनि प्रतिष्पर्धामा उत्रिएकी छिन। उनि सानै उमेर देखि नाच्न र विभिन्न ठाउँ घुमेर केही नयाँ कुराहरु सिक्ने खोज्ने स्वभाव कि रहेकी थिइन । त्यसैगरी गित गाउन , अभिनय गर्न र नयाँ खोजको लागि अध्ययनमा उनको रुचि रहेको छ । उनको अझ धेरै रुचि चै कथा, कविताहरु लेख्न र नोभल पढ्नमा रहेको छ ।
सानैदेखि पढाइ र अतिरिक्त क्रियाकलापमा अब्बल रहेकी धमला यतिबेला अर्को ठुलो प्रतिष्पर्धामा भिडिरहेकी छिन । उनले यस भन्दा अगाडी थुप्रै ठाउँ र स्कुलमा आफ्नो प्रस्तुतिहरु देखाइसकेकि छिन । उनले यस अघि केही म्युजिक भिडियोहरुमा अभिनय समेत गरिसकेकी छिन ।
धमलाले पिछडिएर रहेका दिदिबहिनिहरुको समस्यालाई बुझेर उनिहरुलाई अरु सरह जिउन सक्ने बनाउन आफुले सधैं भुमिका खेल्ने बताएकी छिन । उनले आफ्नो आइडलको रुपमा भने समाजको लागि अतुलनीय योगदान दिएकी अनुराधा कोइरालालाई लिएकी छिन । उनी पनि भविष्यना कोइरालाको जस्तै काम गरेर धेरैको प्रेरणाको श्रोत बन्न्ने अठोट लिएकी छिन । कोइरालाको धेरै कामहरुबाट प्रभावित भएको धमला बताउँछिन ।
समाजसेवा गर्ने नै धमलाको मुख्य उदेश्य रहेको छ । मोड्लिङ क्षेत्रमा देखिएका समस्याहरुलाई उजागार गरि सबै महिला साथीहरुलाई खुलेर यस क्षेत्रमा लाग्न प्रेरणा दिने उनको उदेश्य रहेको छ । उनले आमा बुबाको सपना पुरा गर्दै विभेदरहित समाज बनाउने लक्ष्य रहेको बताएकी छिन । उनि यतिबेला काठमाडौंमा आफ्नो लक्ष्य पुरा गर्न सुन्दर भविष्य खोज्दै छिन। उनले चाबहिलको पशुपति मित्र मावी बाट उत्कृष्ट अङ्कसहित एसईई पास गरेकी हुन भने २ व्यवस्थापन सङ्कायमा लुम्बिनी एकेडेमी बाट गरेकी हुन । उनी अहिले ब्रीलियन्ट कलेजमा मानविकीमा ब्याचलर गर्दै छिन ।
मिस ग्रान्ड नेपाल २०२२ मा उनि यतिबेला उत्कृष्ट १६ छानिएकी छिन। राजधानीको ठमेलस्थित होटल नेपालयमा गरिएको अडिसनमा सयौ सुन्दरीहरुको सहभागिता मध्य अहिले १६ जना मात्रै अग्र स्थानमा पुगेका छन । धमलालाई बलियो उपाधि दाबेदारको रुपमा समेत हेरिएको छ । छनोटमा परेका १६ जनाकै अहिले ट्रेनिङ सेसन भैरहेको छ र भोटिङ राउन्ड पनि सुरु भैइसकेको छ । उनले आफू मिस ग्रान्डमा विजेता हुनकै लागि आएको र त्यसको लागि कडा मेहनत गरिरहेको बताएकी छिन । आफ्नो कन्फिडेन्स लेभल , परिवारको पुर्ण साथ र सहयोग, सुन्दरता र आफ्नै कडा मेहनतले मिस ग्रान्ड जित्ने धमला बताउँछिन ।
भदौ महिनाको पहिलो हप्तामा नै फिनाले सम्पन्न गर्ने आयोजक टिमको तयारि रहेको छ । विजेता बन्नको लागि नै धमला यतिबेला कडा मेहनत गरिरहेकी छिन। उनि आफु उपाधि जित्नकै लागि भाग लिएको बताउँछिन। मिस ग्राण्ड २०२२ एउटा खुड्किला मात्र भएको र आफ्नो जिन्दगीको यात्रामा यस्ता थुप्रै प्रतिष्पर्धा गरेर देशको नाम चिनाउने उदेश्य बोकेर हिडेको बताउँछिन। नेपालको नाम कुनै न कुनै हिसाबले अन्तरास्ट्रिय स्तरमा आफूले प्रतिनिधित्व गर्दै विश्वभर चिनाउन ठूलो इच्छा रहेको बताएकी छिन ।
उनलाई प्रतिष्पर्धामा विजेता बनाउनको लागि भने भोटिङ गर्नुपर्ने हुन्छ । भोटिङ लाइन खुलिसकेको छ । उनलाई विजेता बनाउन भने आफ्नो मोबाइलमा खल्ती एप डाउनलोड गरेर मिस ग्रान्ड नेपालको पोष्ट खोली कन्टेस्टेन्ट नम्बर ०९ मा भोट गर्न सकिन्छ । एक भोट भने फ्री रहेको छ । उनले सबै दर्शक साथीहरुलाई भोटको लागि अपिल समेत गरेकी छिन ।