0
Shares
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सचिवालय सदस्य घनश्याम भुसाल अस्पताल भर्ना भएका छन् । गाडी चलाएर तीनकुने स्थित पार्टी कार्यालय जाँदै गर्दा एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको हो ।
ड्राइभर साथमा राखेर आफै गाडी चलाएर जाँदै गर्दा भुसाल एक्कासि बेहोस भएका थिए। अस्पताल लागेर चेकजाँच गराउँदा वहाँको अवस्था सामान्य रहेको छ ।