0
Shares
सिरहा– आफ्नै बुवा ४३ वर्षीय रामबाबु सहनीको कुटपिट गरी हत्या गरेको अभियोगमा कल्याणपुर नगरपालिका-११ मलहाटोल बस्ने २२ वर्षीय राकेश सहनीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
राकेशले आपसी झै-झगडामा कुटपिट गर्दा रामबाबु गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका रामबाबुको स्थानीय क्लिनिकमा सामान्य उपचार पश्चात थप उपचारको लागि सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।