नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

0 Shares

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । उनलाई बिहीबार बाँकेबाट प्रहरीले पक्राउ गरिएको हो । ट्याक्टरमा आगजनी गरेको आरोपमा चौधरीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेपनि त्यसपछि उनी फरार रहेका थिए । अदालतको उक्त फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी कैलाली क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए । उनलाई आजै नेपालगन्जबाट हवाईमार्गमार्फत काठमाडौं ल्याइने तयारी भएको बताइएको छ ।

सम्बन्धित समाचारसबै