0
Shares

काठमाडौं– सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना बारेमा जे–जे टिप्पणी गर्न बाँकी छ, गरिहाल्न भन्दै चुनौती दिएका छन्। नागरिकता प्रकरणको मुद्दामा दोषी ठहर भएर उपप्रधानमन्त्री, गृहमन्त्री, प्रतिनिधि सभा सदस्य पद गुमाएका लामिछाने पुन: गृहमन्त्री बन्ने प्रायसमा रहेको भन्दै आलोचना खेपीरहेका छन्।
सर्वोच्च अदालतको गत शुक्रबारको फैसलापछि यही आइतबार पुन: नेपालको नागरिकता लिएका लामिछाने गैरसांसदको रुपमा सरकारमा सहभागी भएर गृहमन्त्री बन्ने कसरतमा छन्। यहीबीच बिहीबार सामाजिक सञ्जालमा एक सन्देश लेख्दै लामिछानेले भनेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यू होइन।’