युक्रेन र अष्ट्रियाका राष्ट्रपतिबीच भेटवार्ता

0 Shares

एजेन्सी– युक्रेन र अष्ट्रियाका राष्ट्रपतिका बीचमा बुधबार भेटवार्ता भएको बताइएको छ । हाल युक्रेनको भ्रमणमा रहेका अष्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर वान डेर बेलेनसँग युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किले भेटवार्ता गरेका हुन् । उनीहरुका बीचमा युक्रेनको राजधानी किभमा बुधबार भेटवार्ता भएको बताइएको छ । सो भेटका क्रममा युक्रेनको सहयोगका विषयमा छलफल भएको बताइएको छ । रुसले आक्रमण गरेर ध्वस्त भएको युक्रेनलाई हाल विश्वका देशहरुले सहयोग गर्दै आएका छन् ।

युरोपियन युनियनले पनि युक्रेनलाई विगत लामो समयदेखि सहयोग गर्दै आएको छ । यस क्रममा आफूहरुले पनि युक्रेनलाई सहयोग प्रदान गर्ने प्रतिबद्धता सो क्रममा अष्ट्रियन राष्ट्रपतिले जानकारी दिएका थिए । त्यस अवसरमा युक्रेनी राष्ट्रपति जेलिनिस्कीले युक्रेनलाई सहयोग गर्दै आएकामा अष्ट्रियालाई धन्यवाद दिए । युक्रेनलाई अष्ट्रियाले विगतमा गरेर २१ करोड ९० लाख अमेरिकी डलर बराबरको सहयोग गरेको थियो ।

सम्बन्धित समाचारसबै