चर्चित गीत ‘बादलुको घुम्टोले’ मा आधारित फिल्म निर्माण गर्दै यम बराल

0 Shares

काठमाडौं–   गायक यम बरालले आफ्नो चर्चित गीत ‘बादलुको घुम्टोले’मा आधारित रहेर फिल्म निर्माण गर्ने भएका छन् । उक्त गीतको स्थायीको शब्द तिमीलाई सम्झिंदा लाई लिएर गायक बरालले फिल्म बनाउने घोषणा गरेका हुन् ।

म्युजिकल लभस्टोरी फिल्ममा यम बरालले गायकको भूमिकामा अभिनय समेत गर्नेछन् । फिल्ममा नयाँ कलाकारलाई प्राथमिकता दिइने बराल बताउँछन् । ‘बादलुको घुम्टोले गीतको अहिलेसम्म म्युजिक भिडियो बनेको थिएन । धेरैले भिडियो बनाउन सुझाउनुभयो । तर मलाई फिल्म निर्माण उचित लाग्यो र काम थालेका छौं,’ उनले भने ।

फिल्ममा तीन गीत समावेश हुने र दर्शकले यो फिल्ममा ‘बादलुको घुम्टोले’लाई नयाँ संस्करणमा सुन्न सक्ने बरालले बताए । ‘सो गीत नयाँ भर्सनमा आउँदैछ,’ उनले भने । बादलुको घुम्टो लाई इलाम, झापा र नेपालका अन्य पर्यटकीय स्थलमा छायांकन गरिनेछ ।

सम्बन्धित समाचारसबै