जितु र साम्राज्ञीको ‘ह्यारीकी प्यारी’ ट्रेलर : विवाहको सर्त बाझिंदा आउने द्वन्द्वको कथा

0 Shares

काठमाडौं – जितु नेपाल र साम्राज्ञी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर रिलिज भएको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको ट्रेलरले हरि नामक पात्र कसरी ह्यारी बन्छ र जीवनको सपना पूरा गर्छ भन्ने संघर्षलाई चित्रण गरिएको छ ।

यो फिल्ममार्फत लामो समयपछि कुनै समयको चर्चित फिल्म कम्पनी भोला रिजाल प्रोडक्सनको पुनरागमन भएको छ । रिजालका सुपुत्र डा. कपिल रिजालको डेब्यु निर्देशन रहेको फिल्म नेपालीसहित हिन्दी, बंगाली, पञ्जाबी र मराठी भाषामा समेत प्रदर्शन हुने भएको छ ।

नेपाली संस्करणको ट्रेलर रिलिज कार्यक्रममा निर्देशक रिजालसहित जितु र साम्राज्ञीसहितका कलाकार उपस्थित रहे । साम्राज्ञीको यो पहिलो रोमकम फिल्म हो भने जितुको लागि ‘छक्कापञ्जा’को छवि मेटाउने अवसर पनि ।

२ मिनेट ३७ सेकेण्ड लामो ट्रेलरले कथावस्तुबारे खास खुलासा गरेको छैन तर कथावस्तुका केही पक्षलाई यसले चित्रण गरेको छ । गाउँले युवक हरिलाई विवाह गर्न उसकी आमाले दबाब दिन्छिन् । विवाह नगरेसम्म घरजग्गा केही पनि बिक्री गर्न नपाइने सर्त उनको छ । हरिले वीर्यदान गरे ३० लाख रुपैयाँ पुरस्कार पाइने विज्ञापन देख्छ र सोहीअनुसार गर्छ । विवाहका लागि केटी खोज्दै जाँदा उसको भेट साम्राज्ञीसँग हुन्छ । यी दुईजना आफ्ना सपना पूरा गराउन विवाह गर्छन् । केही सर्तसहित विवाह गरेको बुझिन्छ । यो भन्दा अघिको कथावस्तु कसरी अघि बढ्छ भन्ने कुराको अनुमानको जिम्मा दर्शकलाई छाडिएको छ ।

सम्बन्धित समाचारसबै