काठमाडौं- चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ माघ ७ गते शनिबार मध्यपुर थिमी नगरपालिका दुई पोखरी भक्तपुरमा हुनेभएको छ। कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नेछन्।
‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबर्धन हाम्रो अभियान’ मूल नारासहित यस अवार्ड कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ। कला र संस्कृतिले मात्र हाम्रो राष्ट्र र राष्ट्रियताको जगेर्ना गर्न सक्छौं, कला संस्कृति र गीत संगीतको समिश्रणले अझ हाम्रो पहिचानलाई गर्विलो बनाउन सक्छौं भन्ने उद्देश्यसाथ गरिदैंआएको एपिक नेपाल म्युजिक अवार्डलाइ सूर्यबिनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका वडा नं. ४ ले सहकार्य गरेको छ।
फरक र भब्य म्यूजिक अवार्डको रुपमा कार्यक्रम गर्न लागिएको आयोजकको दावी छ। म्युजिक अवार्डमा नेपालका प्रतिष्ठित कलाकार, पत्रकार, समाजसेवीदेखि राजनीतिक नेताहरुको समेत उपस्थिति रहने आयोजक संस्थाकि महासचिब बबिता श्रेष्ठले बताइन्। अवार्ड समारोहमा महानायक राजेश हमाललाई नगद रु. १ लाख १ हजार १ सय ११ रुपैंयासहित महानायक सम्मान प्रदान गरिनेछ । कार्यक्रममा चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ।