रियलमी जीटी नियो फाइभु स्मार्टफोन सार्वजनिक हुँदै

0 Shares

काठमाडौं – पछिल्ला केही वर्षदेखि स्मार्टफोन निर्माता कम्पनीहरू चार्जिङ स्पिड बढाउने दौडमा छन् । ६५ देखि १०० वाट हुँदै अहिले १५० वाट क्षमताका चार्जरहरू सार्वजनिक भइसकेका छन् । त्यति स्पिडको चार्जरले पनि नपुगेर चिनियाँ कम्पनी रियलमीले आगामी फोनका लागि यीभन्दा फास्ट चार्जर ल्याउने घोषणा गरेको छ । कम्पनीले आगामी ‘रियलमी जीटी नियो फाइभु फोनका लागि २४० वाट चार्जिङ स्पिडको चार्जर उपलब्ध गराउनेछ ।

रियलमीका अनुसार टाइप-सी पोर्टले सपोर्ट गर्ने यो सबैभन्दा बढी स्पिड नै हो । तर चार्जरले फोन कति मिनेटमा फुल चार्ज गर्छ भन्ने कुरा कम्पनीले खुलाएको छैन । तर, अर्को कम्पनी ओप्पोले भने २४० वाटको फास्ट चार्जरले ४४०० एमएएच क्षमताको ब्याट्री भएको फोन जम्मा नौ मिनेटमा फुल चार्ज हुने दाबी गरेको छ । त्यसैले रियलमीको चार्जरले पनि फुल चार्ज गर्न यति नै समय लगाउनसक्ने अनुमान गरिएको छ । यूएसबी स्टान्डर्ड बडी (यूएसबी आईएफ) ले पनि २४० वाट नै टाइप-सी इन्टरफेसमा उपलब्ध हुने उच्चतम् स्पिड भएको जनाएको छ ।

सम्बन्धित समाचारसबै