0
Shares
धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले पुस २८ गतेसम्मको समय दिएर आह्वान गरेका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रवार प्रदेश सरकार गठनका लागि पुस २८ गते अपराह्न ४ बजेसम्मको समय दिएका हुन् ।प्रदेश प्रमुख मिश्रले संविधानको धारा १६८को उपधारा २ बमोजिम मुख्य मन्त्रीको दाबी पेस गर्नका लागि आह्वान गरेका हुन् ।