पब्जी विश्वकपमा फाइनल खेल्न डीआरएस गेमिङ र टीटूके इन्डोनेसिया प्रस्थान

0 Shares

काठमाडौं – नेपाली पब्जी टिम ‘डीआरएस गेमिङ’ र ‘ट्रेन टु किल’ (टीटूके) पब्जी विश्वकप अर्थात् ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप’ (पीएमजीसी) को फाइनल चरण खेल्न इन्डोनेसिया प्रस्थान गरेका छन् । जनवरी ६ देखि ८ सम्म जाकर्तामा हुने खेलका लागि यी टिम आइतबार इन्डोनेसिया उडेका हुन् ।

टीटूके पीएमजीसीको समूह चरणको खेलमा शीर्ष तीनभित्र रहँदै सिधै फाइनल पुगेको हो । डीआरएसले भने समूह चरणसहित सर्भाइबल स्टेज र लास्ट चान्स खेल्दै फाइनल यात्रा गरेकाे हाे ।

फाइनलमा डीआरएस र टीटुके सहित अन्य १४ टिमले प्रतिस्पर्धा गर्दैछन्, जसमा पीएमजीसी २०२१ को विजेता टिम ‘नोभा ई-स्पोर्टस’ले पनि खेल्दै छ । यो प्रतियोगिताको फाइनलको लागि १५ लाख अमेरिकी डलर (करिब २० करोड नेपाली रुपैयाँ) पुरस्कार राशि राखिएको छ । अहिलेसम्म दुवै नेपाली टिमले एक करोड बढी पैसा पुरस्कार जितिसकेका छन् ।

सम्बन्धित समाचारसबै