0
Shares
काठमाडाैं– सुदूरपश्चिम प्रदेशसभामा सभामुखको चुनाव आगामी माघ २ गते हुने भएको छ । आइतबार बसेको सर्वदलीय बैठकले आगामी माघ २ गते चुनाव गर्ने सहमति गरेको प्रदेशसभा सचिव देवबहादुर बोगटीले जानकारी दिए ।
सुदूरपश्चिममा सोमबारका लागि प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ । प्रदेशसभा अधिवेशन सुरु हुनु अघिल्लो दिन आइतबार सर्वदलीय बैठक बसेको हो । आजको बैठकले अध्यक्ष मण्डल तयार गर्ने निर्णयसमेत गरेको छ ।
पहिलो बैठकको अध्यक्षता प्रदेशसभाका जेष्ठ सदस्य मानबहादुर रावलले गर्नेछन् । उनले यसअघि जेष्ठ सदस्यको रुपमा प्रदेशसभा सदस्यहरूलाई सपथग्रहण गराएका थिए । सुदूरपश्चिममा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एसका ४, राप्रपाका १ र स्वतन्त्र १ गरी ५३ सांसद छन् ।