दलको नेता चयन प्रकिया सम्पन्न : जसपा

0 Shares

काठमाडाैं – जनता समाजवादी पार्टी, नेपालले संसदीय दलको अन्तरिम विधानको व्यवस्था बमोजिम दलको नेता चयन प्रकिया सम्पन्न गरेको बताएको छ । दलको नेता चयनको विषयलाई लिएर सामाजिक सञ्जालमा देखिएको एक अर्कामाथिको आरोप–प्रत्यारोप र तल्लो स्तरको  टिप्पणीप्रति पार्टीको ध्यानाकर्षण भएको सो दलले जनाएको छ ।

सो दलका प्रकाशन तथा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले शनिबार विज्ञप्ति जारी गर्दै सो कुरा प्रष्ट पारेका हुन् । संसदीय दलको नेता चयनपछि सो दलमा आन्तरिब टिकाटिप्पणी व्यापक रुपमा भएपछि दलले सो कुरा प्रष्ट पारेको छ ।

आफ्ना विचार, विमति, गुनासा र असहमतिहरु संयमित र मर्यादित ढंगले आफू सम्बद्ध पार्टी फोरमभित्र राख्न पनि दलले आग्रह गरेको छ । पार्टीलाई समृद्ध, व्यवस्थित र सुदृढ बनाउने काममा लाग्न पार्टी पङ्तिलाई आग्रह गरेको छ ।

“यसअघि र यस पटकको दलको नेता चयन प्रक्रिया विधानको व्यवस्था बमोजिम गरिएको हो, त्यसको सम्मान गर्नु हामी सबैको दायित्व हो”, सो दलले भनेको छ, “वर्ण, जाति, क्षेत्रका आधारमा व्यक्तिगत लाञ्छना र गालीगलौज गर्ने कार्य अक्ष्यम्य र अत्यन्त निन्दनीय छ, यस्ता कार्य नगर्न, नगराउन जनता समाजवादी पार्टी, नेपाल सम्बन्धित सबैलाई सचेत गराउँदछ ।”

सम्बन्धित समाचारसबै