नेचासल्यान गाँउपालिकाकाे पहलमा अस्थाई पुल निर्माण सम्पन्न

0 Shares

सोलुखुम्बु– सोलुखुम्बु जिल्ला नेचासल्यान, गा.पा.वडा नं २, स्थित घोडेनी सोलुखोलामा एउटा अस्थाई पुल निर्माण सम्पन्न भएको छ। सो पुल निर्माण नेचासल्यान गा.पा.को सम्पुर्ण लागत तथा पहल कदमीमामा निर्माण सम्पन्न भएको हो ।

पुल फलामे ह्युमपाईप द्वारा निर्माण गरिएकोले मजबुत रहेको र यो पुलमा सामान लोड गरिएका चार पाङ्ग्रे साधन मात्र नभई छ पाङ्ग्रे मालबाहक साधनहरुलाई पनि सजिलै आवत्जावत् गर्न सकिने स्थानीय गोकुल राई बताउँछन्। उनकाअनुसार यो पुलबाट पुल फाईदा स्थानिय नेचासल्यान गा.पा.का नागरीकहरुलाई मात्र नभई यसको दक्षिण भेगमा रहेका थुलुङ्ग दधकोशी, सोताङ्ग, महाकुलुङ्ग गा.पा.हरुलाई समेत प्रत्यक्ष फाईदा हुनेछ। दक्षिण भेगमा रहेका थुलुङ्ग दधकोशी, सोताङ्ग, महाकुलुङ्ग गा.पा.हरुलाई राजधानी काठमाण्डौसम्म यात्रा गर्न कम्तीमा दुरीको दृष्टिकोणबाट यात्रुहरुलाई तीन घण्टा भन्दा बढि समय बचाउन सकिने राईको जिकिर छ। कतै यो मार्गलाई दोश्रो व्यवस्था (पक्कीपुल) निर्माण नहुञ्जेल सम्म सम्बन्धित स्थानिय तहहरुबाट सडकको स्तरोन्नतिमा पहल गरेर यस सँग सम्बन्धित विभिन्न निकायहरु सँग सम्झौता र सहकार्य गर्न सके प्रत्यक्ष तथा अप्रत्यक्ष सबैलाई दोहारो फाईदा हुने हुँदा यस तर्फ सम्बन्धित स्थानिय निकायले यथाशिघ्र ध्यानाकर्षण गर्नुपर्ने उनको भनाई छ ।

यसबाटोको अवधारणा राख्ने संस्थापक भने नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसि हुन् भने यो मार्गलाई विशेष गरेर गोल्डेन ट्रयाङ्गल भनेर पनि चिनिन्छ ।

सम्बन्धित समाचारसबै