0
Shares
![](https://www.bishalnews.com/wp-content/uploads/2022/12/rr_jhadap_g6hIYIinHp.jpg)
काठमाडौं– स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनका नेताहरुबीच विवाद हुँदा प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पसमा खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट केही विद्यार्थी नेताहरु घाइते भएका छन् । सिंहदरबार प्रहरी परिसरका प्रहरीका अनुसार तीन जना घाइते भएका छन् ।
अखिल निकट विद्यार्थीहरुबीच आन्तरिक विवाद हुँदा खुकुरी प्रहार भएको हो । संगठनको अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा छलफलको क्रममा उनीहरुबीच विवाद भएको थियो ।