काठमाडौं – चिनियाँ कम्पनी रिभरसङ नेपाली बजारमा पनि प्रवेश गरेको छ । मोबाइल एक्सेसरिज आयात तथा बिक्री वितरण गर्ने कम्पनी केमियो इन्टरनेशनलले रिभरसङको उत्पादनलाई नेपाल भित्र्याएको हो ।
कम्पनीले हाल नेपाली बजारका लागि नौ ओटा मोडलको स्मार्टवाच र छ ओटा मोडलको इयरबड्स ल्याएको छ । पाँच हजार रुपैयाँ देखि नौ हजारसम्म पर्ने स्मार्टवाचहरू छन् । त्यसैगरी इयरबड्सो भने करिब तीन हजार रुपैयाँदेखि करिब सात हजार रुपैयाँसम्म पर्ने मोडलहरू रहेका छन् ।
नेपालमा उपलब्ध रिभरसङका स्मार्टवाचहरू
मोटिभ फाइभई
मोटिभ फाइभई स्मार्टवाचमा १.६९ इन्चको टचस्क्रिन डिस्प्ले छ । यो वाटरप्रुफ डिस्प्लेमा १०० भन्दा बढि स्पोर्ट्स मोडहरू उपलब्ध छन् । यसमा ५.० ब्लुटुथ कनेक्ट गरिएको छ । अल्ट्रासिल्म डिजाइनमा तयार गरिएको यो घडि कालो, हरियो, निलो र गुलाबी रंगमा उपलब्ध छ ।
एकपटकको फूल चार्जमा यो घडि सात देखि १० दिनसम्म प्रयोग गर्न सकिन्छ । यो वाच प्रयोग गरेर आफ्नो निन्द्रा ट्रयाक गर्ने तथा आफ्नो निन्द्राको अवस्थाको बारेमा तथ्याङ्क संकलन पनि गर्न सकिन्छ । यो वाचमा अलार्म पनि राख्न सकिन्छ ।
मौसमको जानकारी लगायत आफ्नो फोन तथा मेसेजहरूको नोटिफिकेसन पनि पाउन सकिन्छ । यसको प्रयोगकर्ताको हरेक दिनको स्वास्थ्य स्थितिलाई पनि ट्रयाक गर्न मद्दत गर्दछ । नेपाली बजारमा यसको चार हजार नौसय ९९ रुपैयाँ तोकिएको छ ।
मोटिभ थ्री प्रो
यो स्मार्टवाचमा पनि ब्लुटुथ मार्फत फोनकल र मेसेजको नोटिफिकेसन पाउन सकिन्छ भने आफ्नो इच्छा अनुसार वाचको फेस पनि परिवर्तन गर्न सकिनेछ । साथै यो वाचमार्फत मोबाइलमा बजेका गित सुन्न तथा नियन्त्रण गर्न पनि सकिन्छ भने फोनको क्यामेरा पनि प्रयोग गर्न सकिन्छ । यसले प्रयोगकर्ताको मुटुको धड्कनको चौबिसैँ घण्टा निगरानी गर्दछ । नेपाली बजारमा यसो मूल्य सात हजार पाँचसय ९९ रुपैयाँ तोकिएको छ ।
मोटिभ फाइभसी
६० भन्दा बढि स्पोर्टस मोडहरू भएको यो स्मार्टवाचमा १.२८ इन्चको फूल टच स्क्रिन छ । स्मार्टवाचमा ब्लुटुथ मार्फत नै फोन र मेसेजहरू कन्ट्रोल गर्न सकिन्छ । साथै यसले चौबिसै घण्टा प्रयोगकर्ताको मुटुको धड्कनको चाल र रगतमा अक्सिजनको मात्राको निगरानी राख्दछ ।
एक पटकको फूल चार्जमा यो स्मार्टवाच करिब १० दिनसम्म प्रयोग गर्न सकिन्छ भने यसको स्ट्यान्डर्ड समय भने ३० दिनको रहेको छ । यो स्मार्टवाचलाई फूल चार्ज हुन करिब दुई घण्टा लाग्छ । नवेपाली बजारमा यसको मूल्य आठ हजार नौसय ९९ रुपैयाँ तोकिएको छ ।
मोटिभ फाइभ
मोटिभ फाइभ स्मार्टवाचमा १.६९ इन्चको फुल टचस्क्रिन डिस्प्ले छ । ब्लुटुथ कल र एआई भोइस असिस्टेन्ट सपोर्ट गर्ने यो वाच एकपटक फुल चार्जमा पाँच दिन देखि सात दिनसम्म प्रयोग गर्न सकिन्छ । यसको मूल्य आठ हजार नौसय ९९ रुपैयाँ तोकिएको छ ।
मोटिभ सेभेनएस
बेजेल्सबिनाको १.९ इन्चको टचस्क्रिन डिस्प्ले भएको मोटिभ सेभेन एस स्मार्टवाचमा ब्लुटुथ कलसँगै वायरलेस चार्जिङको पनि व्यवस्था छ । यसमा गुगलको जीपीएस पनि प्रयोग गर्न सकिनेछ भने एआई भोइस एसिस्टेन्ट प्रयोग गर्न सकिनेछ । कालो र गुलाबी रंङ्गमा उपलब्ध यो स्मार्टवाच एकपटकको फूल चार्जमा सात दिनसम्म टिक्ने कम्पनीको भनाई छ । यसको मेटल र टेम्पर्ड ग्लासले मिलेर बनेको छ । बजारमा यसको मूल्य छ हजार नौसय ९९ रुपैयाँ तोकिएको छ ।
मोटिभ थ्री
पाँच हजार सातसय ९९ रुपैयाँ मूल्य भएको यो स्मार्टवाचमा १.६९ इन्चको टचस्क्रिन डिस्प्ले छ । स्मार्टवाचमा विभिन्न प्रकारका स्पोर्ट्स मोडहरू छन् । ५.१ ब्लुटुथ भएको यो स्मार्टवाच एकपटकको फूल चार्जमा सात दिनसम्म प्रयोग गर्न सकिन्छ ।
मोटिभ थ्रीसी
मोटिभ थ्री सिरिजकै अर्को मोडल मोटिभ थ्रीसीमा गोलाकारको १.२८ इन्चको टचस्क्रिन डिस्प्ले छ । एक पटकको फूल चार्जमा सात दिनसम्म प्रयोग गर्न सकिने यो स्मार्टवाचमा पनि ५.१ ब्लुटुथ राखिएको छ । विभिन्न आठ स्पोर्ट मोड भएको यो वाचमा १०० भन्दा बढि वाचफेसहरू उपलब्ध छन् ।
यसले चौबिसै घण्टा प्रयोगकर्ताको मुटुको धड्कनको निगरानी राख्दछ । यसमा फोन र मेसेज सँगै अन्य मेसेजिङ एपमा आएका मेसेजहरूको पनि नोटिफिकेसन दिन्छ । नेपाली बजारमा यसको मूल्य सात हजार पाँचसय ९९ रहेको छ ।
मोटिभ टुसी
गोलाकार डिजाइन भएको अर्को मोडल हो मोटिभ टुसी हो । यसमा १.२८ इन्चको डिस्प्ले छ । यो स्मार्टवाचले प्रयोगकर्ताको दैनिक कार्य निगरानी सँगै रक्तचाप, रगतमा अक्सिजनको मात्रा, निन्द्रा निगरानी, फोन, मेसेजको नोटिफिकेसन लगायतका फिचरहरू छन् । साथै यसमा मौसम सम्बन्धि जानकारी पनि पाउन सक्छ । बजारमा यसको मूल्य आठ हजार नौसय ९९ रुपैयाँ छ ।
मोटिभ सिक्सएस
मोटिभ सिक्सएसमा १.६९ इन्चको डिस्प्ले छ । २०० एमएएचको ब्याट्री भएको यो स्मार्टवाच एकपटकको फूल चार्जमा सात दिनसम्म प्रयोग गर्न सकिन्छ । यो स्मार्टवाचले पनि एआई भोइस असिस्टेन सपोर्ट गर्छ । यसमा ५० भन्दा बढि स्पोर्ट्स मोडहरू उपलब्ध छन् । यसको मूल्य भने छ हजार चारसय २५ रुपैयाँ छ ।
माथि उल्लेखित सबै डिभाइसहरू पानी प्रतिरोधी छन् भने यी सबै उत्पादनमा एक वर्षसम्मको वारेन्टी पाइन्छ । स्मार्टवाचसँगै कम्पनीले नेपालमा छ ओटा इयरबड्स पनि नेपाली बजारमा भित्र्याएको छ । बजारमा भित्रिएको इयरबड्समध्ये दुई हजार नौसय ९९ रुपैयाँ पर्ने एयर एक्सफाइभ प्लस एल, दुई हजार नौसय ९९ रुपैयाँ पर्ने निओ ईए १९१, तीन हजार एकसय ९९ रुपैयाँ पर्ने एयरफ्लाइ एलवन र तीन हजार चारसय ९९ रुपैयाँ निओ प्रो टु रहेका छन् । यसैगरी चार हजार पाँचसय ९९ रुपैयाँको योगा एमवन र छ हजार पाँचसय ९९ पर्ने उटोपिया एलवन इयरबड्स पनि रहेको छ ।