काठमाडौँ — जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोकुमार राईले नयाँ गठबन्धन बन्ने सम्भावना भएको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासबाट छलफल गरेर फर्कँदै गर्दा नेता राईले नयाँ गठबन्धनको सम्भावना भएको बताएका हुन् ।बालकोटमा अहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसहित एमले अध्यक्ष ओली छलफलमा व्यस्त छन् ।
सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेता राईले भने,’नयाँ गठबन्धन बन्ने सम्भावना देखियो । अहिले सरकार बनिने दुई वटा विकल्प देखियो, एउटा एमाले र कांग्रेस मिलेर सरकार बनाउने अथावा एमाले र माओवादीसहितका दलहरुबीच मिलेर सरकार बनाउने । प्रधानमन्त्री को बनिनुहुन्छ उहाँहरुले नै निर्णय गर्नुहुन्छ । ‘ नेता राईले सरकार गठनको विषयमा आफ्नो हाम्रो पार्टीमा छलफल हुने बताए । नेता राई पार्टीभित्र छलफल गर्नका लागि भन्दै बालकोट बैठकबाटै बाहिरिएका छन् ।