काठमाडाैं महानगरपालिकाले आजदेखि एक हप्तासम्म फोहर नउठाउने

0 Shares

काठमाडाैं – काठमाडाैं महानगरपालिकाले आजदेखि एक हप्तासम्म फाेहर सङ्कलन नहुने भएकाले  फाेहरलाई घरमै व्यवस्थापन गर्न आग्रह गरेको छ ।

महानगरपालिकाले सूचना निकालेर आ–आफ्नो घर, पसल र व्यवसायबाट उत्पन्न हुने कुनै पनि फोहर सडक, चोक, सार्वजनिक ठाउँमा नफाली घरभित्रै राख्न अपिल गरेको हो ।

सहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा रहेको ल्याण्डफिल साइट जाने दुई किलोमिटर सडक मर्मतको काम भइरहेकाले फाेहरका गाडी नपठाउन भनेपछि महानगरपालिकाले फाेहर सङ्कलनको काम रोकेको हो । सिसडोलदेखि बन्चेडाँडासम्मको सडक मर्मत गर्न लागिएको हो ।

उपत्यकामा दैनिक एक हजार दुई सय मेट्रिक टन फाेहर उत्पादन हुने गरेको छ । यसमध्ये ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन हुँदै आएको छ भने बाँकी फोहर निजी कम्पनीसँगको सहकार्यमा व्यवस्थापन हुने गरेको छ ।

सम्बन्धित समाचारसबै