0
Shares
काठमाडौं– नेपाली काँग्रेसका महामन्त्री एवं नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले आजबाट आफ्नो राजनीतिक जन्म भएको बताएका छन् । बिहीवार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले पहिलोपटक सांसदको शपथ लिँदा आफूले जनताका विषयहरूलाई गम्भीरताका साथ लिएको बताए । उनले जन्मदिनकै सेरोफेरोमा राजनीतिक कार्यहरु अहिले धेरै भइरहेको भन्दै यी कार्यहरुलाई आफूले राजनीतिक जन्मको शुरुवातको रुपमा लिएको बताए । महामन्त्री शर्माले शपथ लिँदा गौरव गरेजति नै गम्भीरता पनि लिएको बताए ।