अवैध लागूऔषध सहित ४ जना प्रक्राउ

0 Shares

काठमाडौं–  काठमाडौं महानगरपालिका-४ शंखपार्कबाट अवैध लागूऔषध चरेसजस्तो देखिने पदार्थ करिब १ सय ग्राम सहित ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-९ घर भएका २४ वर्षीय काजी शेर्पालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । चेकिङमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा पठाओ मोटरसाइकलमा सवार शेर्पाको साथबाट ६० ग्राम सहित फेला पारी थप अनुसन्धान गर्ने क्रममा उनी बस्ने गेष्ट हाउसको कोठाबाट थप ४० ग्राम र नगद ६ हजार ५ सय रूपैयाँ सहित उनलाई पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-१० कनिष्का धर्मकाटाबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ ४५ ग्राम सहित भारत घर भएका २३ सारदीन महमदलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० स्थित काँक्रेबिहार जंगल नजिक खेतबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम र नगद २८ हजार ४ सय १५ रुपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विरेन्द्रनगर नगरपालिका-१० बस्ने २० वर्षीय नगेन्द्र बडुवाल र सोही ठाउँ बस्ने २५ वर्षीय ललित सुनार रहेका छन् । लागूऔष बिक्री बितरण भइरहेको छ भन्ने सूचनाको आधारमा प्रदेश ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्न क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचारसबै