सरकार बन्नै सकेन भने सरकारमा जान पनि सक्छौँ : रवि लामिछाने

0 Shares

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुलाई निर्वाचनबाट प्रतिपक्षमा बस्ने जनमत मिलेको बताएका छन्। प्रतिनिधिसभामा शपथ लिएपछि सञ्चारकर्मीसँग कुराकानीका क्रममा लामिछानेले यस्तो बताएका हु्न्।

‘हामीसँग अहिले २० सिट छ। यो भनेको हामीलाई प्रतिपक्षमा बस भनिएको हो’, उनले भने, ‘तर अहिलेको अवस्था हेर्दा कसैको बहुमत पुग्ने अवस्था छैन। यस्तो अवस्थामा सरकार बन्नै सकेन भने सरकारमा जान पनि सक्छौँ।’

उनले भ्रष्टाचार घटाउने आफूहरुको अभियानलाई बलियो साथ दिने दलहरुसँग मिलेर सरकारमा जान सकिने बताए। तर आफूहरुसँग सरकार गठनबारे कुनै दलले गम्भीर कुरा नगरेको उनले सुनाए।

सम्बन्धित समाचारसबै