सरकार गठनका विषयमा नेताहरूबीच छलफल भएको छैन : अध्यक्ष नेपाल

0 Shares

काठमाडौं – सरकार गठनका विषयमा नेताहरूबीच कुनै छलफल नभएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्पष्ट पारेका छन् ।

आफु बिरामी भएर अस्पताल भर्ना भएका कारण नेताहरुसँग सरकार गठनका विषयमा अहिलेसम्म कुनै छलफल नभएको बताउँदै अध्यक्ष नेपालले राष्ट्रपति को हुने भन्ने विषयमा पद बाँडफाँडको केही छलफल नभएको स्पष्ट पारे ।

राष्ट्रपतिको उम्मेदवारमा अध्यक्ष नेपालको नाम चर्चामा रहेका बेला  नेपालले यस विषयमा कल्पनाका आधारमा जवाफ दिनु भन्दा दलहरुको छलफलबाट मात्रै टुंगो लगाएपछि थप बोल्ने बताए ।

सम्बन्धित समाचारसबै