‘अवतार २’ फिल्म हेर्न गएका युवकको हृदयाघात कारणकाे मृत्यु

0 Shares

काठमाडौं– गत शुक्रबारदेखि बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार: द वे अफ वाटर’ प्रदर्शन भइरहेको छ। १२ वर्षपछि सिक्वेल रिलिज भएको फिल्मले विश्वभर राम्रो व्यापार गरिरहेको छ। फिल्म रिलिजको क्रममा अप्रिय घटना घटेको छ। ‘अवतार २’ हेर्न गएका एक युवकको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार आन्ध्र प्रदेशका लक्ष्मी रेड्डी श्रीनुको फिल्म हेर्ने क्रममा मृत्यु भएको हो। भाइसँग गएका रेड्डी फिल्म हेर्न निकै उत्साहित थिए।

उनी फिल्म हेर्दै गर्दा बेहोस भएर भुइँमा लडेका थिए। उनलाई तत्कालै नजिकैको अस्पतालमा भर्ना गरिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। चिकित्सकका अनुसार उनलाई हृदयाघात भएको हो। उनी उच्च रक्तचापको बिरामी थिए। मृतकको श्रीमती, एक छोरा र छोरी छन्।

‘अवतार’ हेर्दा मृत्यु भएको यो पहिलो घटना होइन। सन् २००९ मा पनि ‘अवतार’ हेर्ने क्रममा ताइवानका ४२ वर्षिय व्यक्तिको हृदयघातकै कारण मृत्यु भएको थियो।

जेम्स क्यामरुनले निर्देशन गरेको फिल्म ‘अवतार २’ ले भारतमा हाउसफुलको व्यापार गरिरहेको छ। फिल्मले दुई दिनमा १०० करोडभन्दा बढी कमाएको छ।

सम्बन्धित समाचारसबै