चलचित्र विकास बोर्डविरुद्ध चलचित्र संघले आन्दोलन गर्दै

0 Shares

काठमाडौं – नेपाल चलचित्र संघले चलचित्र विकास बोर्डविरुद्ध आन्दोलन गर्ने भएको छ । बोर्डले सिनेमा हलको व्यवसाय नै विस्थापन गर्ने गरी काम गरिरहेको भन्दै संघले आन्दोलनको तयारी गरेको हो ।

यसका लागि संघले पुस ६ गते बुधबार काठमाडौंमा नेपाल चलचित्र संघका सदस्यहरूको बृहत् भेला गर्ने  भएको छ । “चलचित्र विकाश बोर्डले वास्तविक चलचित्र व्यवसायीहरूको प्रतिनिधित्व गर्न नसकेको परिप्रेक्षमा केही समयदेखि विभिन्न बहानामा अनावश्यक दुःख दिनुका साथै चलचित्र वितरक तथा प्रदर्शहरुलाई व्यवसायबाट नै विस्थापित गर्ने मनसायको क्रियाकलाप गर्दै आइरहेको छ,” संघले आफ्ना सदस्यहरूलाई पठाएको पत्रमा भनेको छ, “नेपाल चलचित्र संघ आफ्नो व्यवसायको बचाउका लागि चलचित्र विकाश बोर्डविरुद्ध आन्दोलनमा उत्रन बाध्य भएको छ ।”

आन्दोलनको स्वरुपको तयारी गर्न संघले काठमाडौंमा भेला आयोजना गर्न लागेको हो । फिफा विश्वकप म्याच हलमा देखाउन भन्दै सुरुमा इमेल नै गर्ने तर पछि हलले सम्पूर्ण तयारी गरिसके पछि म्याच हलमा देखाए कारबाही गर्ने बोर्डले चेतावनी दिएपछि संघ रुष्ट बनेको थियो । बोर्ड अध्यक्ष भुवन केसीले विभिन्न बाहनामा सिनेमा हलको व्यवसाय धरासायी बनाएको संघले बताउँदै आएको छ । संघका महासचिव नरेन्द्र महर्जनले आवश्यक परे भुवनविरुद्ध अदालत जाने चेतावनी दिएका छन् ।

सम्बन्धित समाचारसबै