0
Shares

गोरखा – दलहरु बीचको चर्को छलफल पछि गोरखा नगरपालिकाले ठूलो आँगनमै पृथ्वीनारायण शाहको सालिक स्थापना गर्ने निर्णय गरेको छ । बुधबार राती सम्पन्न सर्वदलीय बैठकले पृथ्वीनारायण शाहको सालिक ऐतिहासिक तथा पुरातात्विक स्थल ठूलो आँगनमै राख्ने निर्णय गरेको हो ।
सालिक स्थापना गर्ने वैकल्पिक ठाउँ हुँदाहुँदै पुरातात्विक तथा ऐतिहासिक ठूलो आँगनमा राख्न लागिएको भन्दै स्थानीयबासीले अबरोध गरेका थिए । गत भदौ १३ गते निर्णय गरेर नगरपालिकाले सालिक स्थापनको काम केही दिन अगाडी मात्रै सुरु गरेको थियो । आँगनको बीच भागमा सालिक राखिए सवारी साधन आवतजावतमा समस्या हुने भन्दै स्थानीयबासीले सो कामको विरोध जनाउँदै आएका थिए ।