फिंगरप्रिन्ट र फेसलक दुवै भएको बेन्को भी९० स्मार्टफोन सार्वजनिक

0 Shares

काठमाडौं – नेपाली बजार बेन्को ब्रान्डको नयाँ स्मार्टफोन ‘भी नाइन्टी’ सार्वजनिक भएको छ । नेपाली बजारको युवापुस्तालाई लक्षित गर्दै कम्पनीले सस्तो मूल्यको यो फोन सार्वजनिक गरेको हो । फोनमा ६.८ इन्चको वाटरड्रप नच सहितको एचडी डिस्प्ले छ । प्रयोगकर्ताको सहजताका लागि फोनमा फिंगरप्रिन्ट र फेस दुवै लक प्रणाली उपलब्ध गराइएको छ ।

एन्ड्रोइड १२ मा आधारित यो फोनमा अक्टाकोर चिपसेट प्रयोग गरिएको छ । यो फोन चार जीबी र्‍याम सहित ६४ जीबी र १२८ जीबी स्टोरेजको भेरियन्टमा उपलब्ध छ । ५,००० एमएएच ब्याट्री भएको फोनमा दुईओटा नानोसिम र एउटा माइक्रो एसडी कार्ड सल्ट पनि उपलब्ध छ ।

फोनमा १६ मेगापिक्सेलको मुख्य क्यामेरा छ भने सेल्फिको लागि ८ मेगापिक्सेलको क्यामेरा छ । यो फोन स्काई ब्लु, वाइल्ड ग्रिन र फग ग्रे गरी तीन रङ्गमा पाउन सकिन्छ । फोनको मूल्य १३ हजार नौ सय ९९ रुपैयाँबाट सुरु हुन्छ ।

सम्बन्धित समाचारसबै