म्यानुफ्याक्चर विभागका हजारौं कर्मचारी कटौती गर्दै इन्टेल

0 Shares

काठमाडौं – प्रविधि कम्पनी इन्टेलले एकै पटक हजारौं कर्मचारी कटौती गर्ने भएको छ । विश्वव्यापी रुपमा चलिरहेको आर्थिक मन्दिका कारण कम्पनिमा परेको असरलाई मध्य नजर गर्दै कम्पनीले कर्मचारी कटौती गर्न लागेको हो ।

विशेषगरी कम्पनीको म्यानुफ्याक्चर विभागमा कार्यरत हजारौ‌ं कर्मचारी यसबाट प्रभावित हुने जनाइएको छ । जसमा कम्पनीले कर्मचारीलाई तीन महिनासम्म बेतलबी विदा बस्ने सुविधा समेत उपलब्ध गराएको उल्लेख गरिएको छ । यसको अर्थ जागीर छाड्न नचाहनेले तीन महिनासम्मको लागि बेतलबी विदा बस्न पाउने छन् ।

इन्टेल जस्तै यसअघि ठूला प्रविधि कम्पनी मेटा, ट्वीटर लगायतले समेत हजारौंको संख्यामा कर्मचारी कटौती गरिसकेका छन् । ट्वीटरमा करारमा काम गर्ने करिब ५५ सय कर्मचारीहरूलाई रोजगारीबाट निकालिएको छ भने मेटाले १३ हजारको हाराहारीमा कर्मचारी निकालेको उल्लेख गरिएको छ ।

यसको मुख्य कारण आर्थिक मन्दिसँगै कोरोना महामारीको समयमा भर्ना गरेका अनावश्यक कर्मचारी भएको बताइएको छ । कोरोना महामारीको समयमा अनलाइन गतिविधि बढेसँगै अनलाइनबाटै काम गर्ने प्रचलन बढेको थियो । जुन प्रविधि कम्पनिहरुका लागि बरदान सावित भयो । उक्त समयमा कम्पनीहरुको आम्दानी पनि ह्वातै बढेको थियो । जसले गर्दा कम्पनीहरुले ठुलो मात्रामा कर्माचारी नियुक्ती गरेका थिए। अनावश्यक रुपमा नियुक्त गरिएको सोही कर्मचारी यती बेला आएर कटौती गर्नु पर्ने अवस्था आएको समेत जनाइएको छ ।

सम्बन्धित समाचारसबै