सन् २०२२ मा विश्वभरबाट गुगलमा सबैभन्दा धेरै खोजिएको शब्द ‘वर्डल’

0 Shares

काठमाडौं – वर्डल (Wordle) सन् २०२२ मा विश्वभरबाट गुगलमा सबैभन्दा धेरै खोजिएको शब्द बनेको छ । प्रविधिको दिग्गज कम्पनी गुगलले वार्षिक ‘इयर इन सर्च’ रिपोर्ट सार्वजनिक गर्दै यो तथ्य बाहिर ल्याएको हो ।

अमेरिकी सफ्टवेयर इन्जिनियर जोश वर्डलले सन् २०२१ मा सार्वजनिक गरेको सामान्य किसिमको ‘दैनिक शब्द खेल’मा आम प्रयोगकर्ताको चासो देखिएको छ । यो खेलमा प्रयोगकर्तालाई दिनमा एउटा शब्द खोज्न अधिकतम छ ओटा मौका दिने गरिन्छ ।

जुन हरेक दिन सबैका लागि पाँच अक्षरको एउटै शब्द हुने गर्दछ । खेलमा शब्द खोज्न लागिपर्ने प्रयोगकर्ताले सही उत्तरको खोजीमा गुगलमा सर्च गर्दा वर्डल सबैभन्दा धेरै खोजिने शब्दको सूचीमा पहिलो नम्बरमा आउन सफल भएको हो ।

गत सेप्टेम्बरमा भएको रानी बेलायती महारानी एलिजाबेथ द्वितीयाको मृत्युको विषय विश्वभरबाट गरिएका समग्र सर्चहरू मध्ये शीर्ष पाँचमा परेको छ । त्यस्तै सबैभन्दा धेरै खोजिने शब्दहरूको तेस्रो स्थानमा युक्रेन छ ।

यसका साथै अम्बर हेयर्डमाथि  भएको मानहानीको विषयलाई लिएर जोनि डेप सेलिब्रेटी तथा कलाकारहरू मध्ये धेरै खोजिनेमा अगाडि छन् । डेपलाई विल स्मिथले पच्छ्याएका छन्, जो एकेडेमी अवार्डको लाइभ स्टेजमा कमेडियन क्रिस रकलाई थप्पड हानेका कारण मिडियामा छाएका थिए ।

सम्बन्धित समाचारसबै