चोलेन्द्र शमशेर जबरालाई समर्थन गर्ने महिला पक्राउ

0 Shares

काठमाडौं– आफूमाथि लागेको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र बुझेसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्कने तयारी गरेका छन् । जबरा सर्वोच्च प्रवेश गर्ने तयारी गरेपछि यतिबेला अदालत परिसरमा तनाव सिर्जना भएको छ । नेपाल बार एसोसिएसनले जबराको प्रवेशलाई रोक्न धर्ना दिने भएको छ । बारले जबरलाई अवरोध गर्ने तयारी गरेपछि जबराका समर्थकहरु पनि अदालत पुगेका छन् ।

जबरालाई अदालतमा प्रवेश दिनुपर्छ भन्दै सर्वोच्च पुगेकी तारा बराललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार सम्भावित तनावलाई रोक्न बराललाई नियन्त्रणमा लिइएको हो ।

सम्बन्धित समाचारसबै