0
Shares
काठमाडौं – सामसङले फिङ्गरप्रिन्टलाई थप सुरक्षित बनाउने भएको छ । हाल उपलब्ध प्रविधिकाे तुलनामा अढाई अर्ब गुणा बढी सुरक्षित बनाउने गरी कम्पनीले काम अघि बढाएको हो ।
सन् २०२५ सम्म परियोजना सम्पन्न गर्ने गरी कम्पनीले काम गरिरहेको जनाइएको छ । नयाँ प्रविधिअन्तर्गत पूरै ओएलईडी डिस्प्ले नै फिङ्गरप्रिन्ट सेन्सरको रुपमा काम गर्नेछ, जसले एकै पटक तीन ओटा फिङ्गरप्रिन्ट सपोर्ट गर्नेछ ।
हाल हामीले प्रयोग गर्ने फिङ्गरप्रिन्ट स्क्यानरले एक पटकमा एउटा मात्रै फिङ्गर (औंला) लाई सपोर्ट गर्छ । यसका साथै यो प्रविधिले फिङ्गरप्रिन्टका लागि कुनै एक ठाउँमै फिङ्गर राख्नुपर्ने बाध्यताको अन्त्य समेत गर्ने जनाइएको छ । यसअघि कम्पनीले सबै डिभाइसका लागि काम गर्ने खालको फिङ्गरप्रिन्टमा समेत काम गरिरहेको हल्ला बाहिरिएको थियो, जुन ओएलईडी २.० मा आधारित हुने बताइएको छ ।