0
Shares
![](https://www.bishalnews.com/wp-content/uploads/2022/11/wroldcup.jpg)
काठमाडौं – कतारमा जारी फिफा विश्वकप २०२२ मा आज प्रि–क्वाटरफाइनलका दुई खेल हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।
अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८ः ४५ बजे सुरु हुनेछ । आज दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा छन् । जापान समूह ‘ई’ बाट विजेता र क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
अर्को खेलमा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । स्टेडियम ९७४ मा हुने ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति १२ः ४५ बजे सुरु हुनेछ । आज ब्राजिल र दक्षिण कोरिया जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ । ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।