0
Shares
काठमाडौं – नेकपा एमालेका नेता तथा काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ।
भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीमा रहेका बास्कोटाको घरमा आइतबार बिहान घरको सिढीमा तार जोडिएको अवस्थामा प्रेसर कुकर देखिएको छ। त्यसलाई डिस्पोज गर्न नेपाली सेनाको टोली बोलाइको जिल्ला प्रहरी परिस भक्तपुरका डिएसपीले बताए ।