उपभोक्ताकै सहमतिमा रोकखोलाको लाईन प्राधिकरणलाई प्रयोग गर्न दिएको सोताङ अध्यक्ष बस्नेतको स्पष्टोक्ति

0 Shares

सोताङ । सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले आम उपभोक्ताको सहमतिमा नै तल्लो रोकखोलाको लाईनमा केन्द्रिय विद्युत जोडिएको प्रष्ट पार्नु भएको छ । गाउँपालिकाको तर्फबाट अध्यक्ष बस्नेतले एक विज्ञप्ति जारी गर्दै नेपाल विद्युत प्राधिकरणले ग्रामिण विद्युतिकरणको काम नसकेसम्म अस्थाई रुपमा तल्लो रोकखोलाको विद्युत तार, पोल र ट्रान्सफर प्रयोग गरि विद्युत बालिएको भन्दै जलविद्युत आयोजना वेचेको भनि अनर्गल प्रचारको पछि नलाग्न आग्रह गर्नु भएको हो ।

वहाँले अघिल्लो पौष महिनामा लामो समय लघुजलविद्युत विग्रिए पछि आम उपभोक्ताकै आग्रहमा उक्त लाईनमा राष्ट्रिय प्रसारण लाईन जोड्न प्राधिकरणलाई आग्रह गरि बत्ति बालिएको भन्दै यो अस्थाई समाधान मात्रै भएको र चाँडै प्राधिकरणकै तर्फबाट पोल, तार तथा ट्रान्सफर्मर राख्ने पहल भईरहेको स्पष्ट पार्नु भयो ।

लघुजलविद्युत विद्युत विग्रिएपछि जनताहरुकै आग्रहमा तल्लो रोकखोलाको लाईनमै अस्थाई रुपमा केन्द्रिय प्रसारण लाईन जोड्ने पहल गर्नु आफ्नो दायीत्य भएको भन्दै विगत देखि नै तत्कालिन गाविस, जिविस र राज्यका अन्य संयन्त्रको लगानी भएकाले लघुजलविद्युत आयोजनाको स्वामित्व स्थानीय सरकारले लिएको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष बस्नेतले प्राधिकरणको दररेट अनुसार नै विद्युत उपभोग गरे बापत न्युनतम शुल्क तिर्नु पर्ने भन्दै शुरुको मिटर जडान बापत केवल ३ हजार १ सय मात्रै बुझाउनु पर्ने तर विपक्षिहरुबाट २५ हजार बढी लाग्छ भनि झुटा प्रचार गरिएको बताउनु भयो । वहाँले अब पालिकाका सबै स्थानमा प्राधिकरणको ब्यवस्थित प्रसारण लाईन पुर्‍याउन ईमान्दार प्रयत्न गरिरहेको र चाँडै सबै टोल बस्तिलाई अध्याँरोमुक्त बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । साथै पालिकाले रोकखोला लघुजलविद्युत आयोजना बेच्यो भन्ने भ्रममा नपर्न सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ ।

सम्बन्धित समाचारसबै