काठमाडाैं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शुक्रवारसम्म मतदातालाई धन्यवाद दिएर संसदीय दलको नेताका लागि चुनावको तयारीमा लाग्ने बताएका छन् । महिला सुरक्षा दबाब समूहले बुधवार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले शनिवारदेखि संसदीय दलको नेताको तयारीमा लाग्ने बताएका हुन् । ‘म अहिले पनि मतदातालाई धन्यवाद दिने कार्यक्रममा थिएँ, अब एकछिनमा फेरि त्यही जाँदैछु । मेरो त अर्को चुनाव आउँदैछ’, थापाले भने ।
हिजोमात्र कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले थापालाई महामन्त्रीमा प्रस्ताव गर्ने बताएका थिए । काठमाडौं ४ बाट प्रत्यक्ष निर्वाचित सांसद थापाले मतदातालाई धन्यवाद दिन घरदैलोमा हिँडिरहेका छन् ।
महामन्त्री थापाले मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला रहने कानून बनाउन जरुरी रहेको बताए । ‘आगामी चुनावमा प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवारी दिने कानून बनाउन अभियान्ताहरूले अहिलेदेखि तयारी थाल्नुस, म संसद्बाट सहयोग गर्छु’, थापाले भने ।