द ग्रेट हिमालयन ट्रेलः ४१ दिनमा २७ जिल्लाको पदयात्रा गरेर तयार पारिएको वृत्तचित्र सार्वजनीक

0 Shares

द ग्रेट हिमालयन ट्रेल तल्लो खण्ड को पदयात्रामा आधारित वृत्तचित्र सार्वजनीक गरिएको छ ।

शनिबार प्रतिनिधि सभाका उपसभामुद इन्दिरा रानामगरको प्रमुख आतिथ्यतामा काठमाडाँैँको बागबजार स्थित सिटी म्याक्स सिनेमा हलमा प्रदर्शन गर्दै वृत्तचित सार्वजनीक गरिएको हो । कार्यक्रममा पर्वतारोहि माया गुरुङ, ग्रामिण पर्यटनविद् प्रा.डा. प्रेम शर्मा, म्याग्दी मालिका गाउँपालिका प्रमुख बेगप्रसाद गर्बुजा, पर्यटनविद् भरत प्रसाद बडाल लगाएतको उपस्थिती रहेको थियो ।

त्रिभुवन विश्वविद्यालय ग्रामिण विकाश केन्द्रीय विभागका उप प्राध्यापक डा. राजन बिनायक पासा र धादिङ गल्छी गाउँपालिका ३ स्थित कल्लेरी माविका शिक्षक लिला बहादुर विश्वकर्माले गत वर्ष कात्तिक १३ गते सुरु गरेर २७ जिल्लाको पदमागर्ग केवल ४१ दिनमा पार गर्न सफल भएका थिए ।

सोहि यात्रा अनुभव र दृष्टान्त समेटेर वृत्तचित्र निर्माण गरिएको थियो । कार्यक्रममा बोल्दै उपसभामुख राणाले शिक्षण पेशामा रहेर पनि देशको पर्यटन प्रवद्दन र विकाशमा टेवा पुर्याउने पुर्याउने हुटहुटी बोकेर पदयात्रा आरम्भ गरेकोमा पदयात्रीद्वयलाई धन्यवाद दिनुभयो ।

यस्तै पर्वतारोही माया गुरुङले राज्यले गर्नुपर्ने पर्यटन प्रवद्दनको काम व्यक्तीले आफ्नै खर्चमा गर्दासमेत राज्यले बेवास्ता गरेकोमा दुखेसो व्यक्त गर्नुभयो । गरुङले आगामी दिनमा पयर्टनसँग सम्बन्धित काम गर्दा फलदायी हुने सुझाव दिनुभयो । कार्यक्रममा बोल्दै पा. डा. प्रेम शर्माले आजको समयमा शिक्षण पेशा व्यवहारिक बनाउनुपर्ने भन्दै यस्ता वृत्तचित्रले नयाँपुस्तामा आकर्षण बढाउने बताउनुभयो ।

पदयात्री विश्वकर्माले द ग्रेट हिमालयन ट्रेलको तल्लो खण्डको यात्रा गर्न चाहने पर्यटकहरुलाई आकर्षित गर्न तथा सो रुटमा पर्ने जनजिविकाको अध्ययनका लागि सहजता प्रदान गर्नका लागि पदयात्रा गरिएको उल्लेख गर्नुभयो । कार्यक्रमको सभापतित्व गर्नुभएका पदयात्री डा. पासाले यो साहसीक पदयात्रालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्दन गर्नका लागि वृत्तचित्र निर्माण गरिएको बताउनुभयो । ४४ मिनेट लामो वृत्तचित राजन विनायक पासा (Rajan Binayak Pasa Youtube Channel) गएर हेर्न सकिन्छ ।

सम्बन्धित समाचारसबै