0
Shares

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका सबै विभागका उत्कृष्ट विद्यार्थीले थेसिस तथा अनुसन्धानमा आर्थिक सहयोग पाउने भएका छन् । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) र नेपाल र एशियाली अध्ययन केन्द्र (सीनास) बीच भएको सम्झौता अनुसार आर्थिक सहयोग पाउने भएका हुन् ।
त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायका सबै केन्द्रीय विभागका १/१ जना उत्कृष्ट विद्यार्थीले थेसिस/अनुसन्धानमा सहयोग पाउने भएका हुन् । त्यसका लागि त्रिवि स्ववियु सभापति श्यामराज ओझा र सीनासका कार्यकारी निर्देशक डाक्टर मृगेन्द्र बहादुर कार्कीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।